बागमती गाउपालिकाका अध्यक्ष सर्केश घलानले सबैको साथ र सहयोग भए शिक्षा क्षेत्रलाई बागाती गाउपालिकाकै नमुना बनाउन सकिने बताउनु भएको छ । बागमती गाउपवालिकाले आज पालिकाभरका बिपन्न तथा गरिब बिद्यार्थीहरुका लागि बागमती ४ स्थित महाबुद्ध आधारभूत बिद्यालयमा आयोजित अनिवार्य तथानिःशुल्क शिक्षा कार्यृक्रम अन्तरगत बालबालिकाहरुलाई पोशाक, झोला लगायत आवश्यक स्टेशनरी सामग्री बितरण कार्यक्रमलाई संबोधन गर्दै उहाँले अभिभावक,शिक्षक,प्रधानाध्यापक,कर्मचारी तथा जनप्रतिनिधिहरुको साथ भएको खण्डमा पालिकालाई नमुना शिक्षा क्षेत्र बनाउन सकिने कुरामा जोड दिनुभयो । शिक्षामा अगाडि बढेको खण्डमा मात्रै पालिका समृद्धी हुनेमा पनि उहाँले जोड दिनुभयो । बागमती गाउपालिकाको सामाजिक बिकास शाखाका संयोजक कमानसिं पाख्र्रिनको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा पालिकाभरबाट छानिएका तीनसय बिद्यार्थीहरुलाई झोला सहित आवश्यक शैक्षिक सामग्रीहरु बितरण गरिएको थियो । कार्यक्रममा बागमती गाउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बिजय भोलन,नेपाल शिक्ष महासंघ बागमती गाउपालिकाका अध्यक्ष तीलक पाख्रिन लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण पालिकाको शिक्षा शाखाका प्रमुख प्रमोद राईले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here