निजगढ,ईलाका प्रहरी कार्यालय निजगढले निजगढ नगरपालिकाकाको वडा नम्बर १० र १३ को विभिन्न स्थानबाट १ बिगाह १३ कठ्ठा खेतमा अवैध रूपमा लगाइएको गाँजा खेती आइतवार फडानी गरेर नष्ट गरेको छ ।प्रहरी उक्त क्षेत्रबाट करिब १५ हजार गाँजाका बोटहरू फडानी गरी नष्ट पारेको हो ।जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवंम प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार निजगढ नगरपालिका वडा नम्बर १३ डम्मरपुरबाट १ बिगाह १० कठ्ठा र वडा नम्बर ११ को रतनपुरमा २ कठ्ठा तथा सोही वडाको बीच टोलमा १ कठ्ठाको गाँजा खेती नष्ट गरिएको हो ।डिएसपी न्यौपानेले अवैध गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानुन बमोजिम कारबाही गरिने पनि बताउनुभएको छ ।



















