बागमती,मकवानपुरको बागमती गाउपालिका वडा नम्बर ६ कायरचोकका एक नौं बर्षीय बालकलाई औषधी उपचारको आवश्यता रहेको पाइएको छ । गाउपालिकाको वडा नम्बर ७ का स्वास्थ्य चौकीका प्रमुख अशोक रखाल तथा नेपा माओवादी बागमती गाउकमिटीका कार्यालय सचिव आषिश तामांग सहितको टोलीले बषौंदेखि बाँधिएर बसेका बालकको उद्वार गरेको भएपनि उहाँलाई उपचारको आवश्यकता रहेको स्थानीय समाजसेवी भीमप्रसाद घिमिरेले बताउनुभयो । परिवारको आर्थिक अवस्था कमजोर भएकाले उहाँको उपचारमा समस्या देखिएको र बाँधेर राखेको अवस्थामा आफूहरुले उद्वार गरी पाटन स्थित अस्पतालका चिकित्सकहरुसंग कुराकानी गरेको र चांडै नै बालक सानुबावु रुम्बालाई उपचारका लागि पठाउने तयारी भइरहेको आषिस तामांगले बताउनुभयो । उहाँले यसका लागि सहयोग गरिदिन पनि सहयोगी मनहरुलाई आग्रह गर्नु भएको छ ।


















