इन्दिप कोइराला,
बारा २२ भदौ । दुई मधेसवादी दलका अध्यक्षको नाम बारा जिल्लाबाट सिफारिस भएसंगै मंसीर ४ गतेका लागि तोकिएको निर्वाचनको चर्चा चुलिदो अवस्थामा छ ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरको नाम जिल्लाको तीन निर्वाचन क्षेत्रबाट सिफारिस भएको छ । यादवको नाम क्षेत्र नं. २ र ३ बाट सिफारिस भएको छ भने ठाकुरको नाम क्षेत्र नं. ४ बाट सिफारिस गरिएको छ ।
मधेसवादी दलका केन्द्रीय नेताको नाम जिल्लाबाट सिफारिस हुनुलाई अर्थपूर्णरुपमा हेरिएको छ । बाराको दुई निर्वाचन क्षेत्रबाट सिफारिस भएका जसपा अध्यक्ष यादवको नाम मोरङ-५ बाट पनि सिफारिस भएका छन् ।
यादवले यसअघि २०६४ मा मोरङ, २०७० मा सुनसरी र २०७४ मा सप्तरी-२ बाट निर्वाचन लड्दै विजयी भएका यादव अहिले बाराबाट सिफारिस भएका हुन् ।
यता जनता समाजवादी पार्टीका अध्यक्ष ठाकुर पनि बारासंगै सप्तरी २ बाट सिफारिस भएका छन् । २०७४ सालको निर्वाचनमा महोत्तरी ३ बाट निर्वाचित भएका ठाकुर यसपटक बारासंगै जसपा अध्यक्ष निर्वाचित भएको सप्तरी(२ बाट सिफारिस भएका हुन् ।
लोसपाले बाराको निर्वाचन क्षेत्रमा सिफारिस गरेको नामावलीः
बारा निर्वाचन क्षेत्र नं. १ (प्रतिनिधिसभा) तर्फ ओमप्रकाश चौधरी, जगदिश जयसवाल, प्रदेश (क) बाट हरिचन्द्र पनुहर, प्रदेश (ख) बाट संजय यादव, कमरुल्लाह अंसारी, उमेश जयसवाल, अरविन्द यादव, रामबाबु कुशवाहाको नाम सिफारिस भएको छ ।
बारा निर्वाचन क्षेत्र नं. २ (प्रतिनिधिसभा) तर्फ जैयसी यादव, विनोद यादव, प्रदेश (क) बाट रामप्रसाद पटेल, प्रदेश (ख) बाट नवलकिशोर सिंह, श्यामप्रसाद गुप्ता, अनिल कुमार, मो. झुना मन्सुरी को नाम सिफारिस भएको छ ।
बारा निर्वाचन क्षेत्र नं. ३ (प्रतिनिधिसभा) तर्फ संजय पाण्डे, संजय साह, प्रदेश (क) बाट साबिर आलम, हरिचन्द्र चौधरी, प्रदेश (ख) बाट सन्तोष पटेल, प्रमिला गिरी, सुजित गुप्ता, मनोज चौरसिया को नाम सिफारिस भएको छ ।
बारा निर्वाचन क्षेत्र नं. ४ (प्रतिनिधिसभा) तर्फ महन्थ ठाकुर, एकवाल मियां, सिताराम गुप्ता, शिवजी साह, प्रदेश (क) बाट घनश्याम गिरी, प्रदेश (ख) बाट जितेन्द्र सोनल को नाम सिफारिस भएको छ ।
जसपाले बाराको निर्वाचन क्षेत्रमा सिफारिस गरेको नामावलीः
बारा निर्वाचन क्षेत्र नं. १ (प्रतिनिधिसभा) तर्फ रामबाबु प्रसाद कुशवाहा, मनिष यादव, प्रदेश १ (क) बाट सुरेश बैठा, बिष्णुदयाल सहनी, प्रदेश १ (ख) बाट सरोज कुमार यादव, म. मुरतुजा अंसारी को नाम सिफारिस भएको छ ।
बारा निर्वाचन क्षेत्र नं. २ (प्रतिनिधिसभा) तर्फ उपेन्द्र यादव, रामसहाय प्रसाद यादव, पराग राय यादव, प्रदेश २ (क) बाट उषा कुमारी यादव, रामबाबु प्रसाद यादव, सरदा शंकर प्रसाद साह कलवार, आत्माराम साह, विनोद यादव, प्रदेश २ (ख) बाट बच्चा राउत अहिर, अवधभुषण प्रसाद यादव, रामकिशोरप्रसाद यादव, अमरदेव यादव, ऋषिकेश यादवको नाम सिफारिस भएको छ ।
बारा निर्वाचन क्षेत्र नं. ३ (प्रतिनिधिसभा) तर्फ उपेन्द्र यादव, रामबाबु कुमार यादव, प्रमोद गुप्ता, सचितानन्द यादव, शंकर प्रसाद यादव, प्रदेश ३ (क) बाट भरतबहादुर खडका, शिवनाथप्रसाद पटेल, रुपलाल चौधरी, हेमराज भट्टराई, प्रकाश चौगाई , प्रदेश ३ (ख) बाट प्रारस प्रसाद साह, दिनेश प्रसाद पटेल को नाम सिफारिस भएको छ । बारा निर्वाचन क्षेत्र नं.४ (प्रतिनिधिसभा) तर्फ विरेन्द्रप्रसाद कुशवाहा, भरतप्रसाद कुर्मी, आनन्दकुमार यादव, प्रदेश ४ (क) बाट सोहन शर्मा, प्रदेश ४ (ख) बाट रामचन्द्र सिंह, डा. धनन्जय प्रसाद यादव, सुनिलकुमार यादव, नरेश कुमार यादव, लक्ष्मीप्रसाद यादव को नाम सिफारिस भएको छ ।