जीतपुर,पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर ७ टिकुलियामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
पर्सागढी नगरपालिकाको व्यवस्थापन र नासा युवा क्लबको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन पर्सागढी नगरपालिकाका नगर प्रमुख गोकर्ण पाठकले गर्नुभएको थियो ।कार्यक्रममा नगरपालिकाकी उपप्रमुख पूजा चौधरी, नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज शाखाका सभापती बिरेन्द्रराज कंडेल, पर्सागढी नगरपालिका वडा नम्बर ७ का अध्यक्ष शंकरराज भर, नासा युवा क्लबका अध्यक्ष सोनालाल रायलगायतका उपस्थिति रहेको थियो ।
कार्यक्रममा एक जना महिलासहित ३७ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा वीरगञ्ज रक्तसञ्चार केन्द्रका प्राविधिक टोलीले सहयोग गरेको थियो ।

















