नरेश गुप्ता , कार्तिक २१ । बाराको सिमरौनगढ बाट काठमाडौ  तर्फ लगिदै गरेको यात्रुबाहक  बस बाट अबैध  लत्ताकपडा  सशस्त्र प्रहरीले बरामद  गरेको छ । सशस्त्र प्रहरी  बेस क्याम्प बरियारपुरको सशस्त्र  प्रहरी  निरीक्षक  सुदर्शन आर्यालको कमान्डमा रहेको चेक प्वाइन्ट पसहाले  ना ८ ख ४४०७ नम्बरको  स्टार  डिल्कस यात्रुबाहक बसलाई चेकजाँच गर्दा  तीन वटा पोकामा लुकाई छिपाई काठमाडौ  लगिरहेको अवस्थामा अबैध लत्ताकपडा  बरामद  भएको सशस्त्र प्रहरी बल नं १२ गणका सशस्त्र प्रहरी   नायब उपरीक्षक  भरत कोईरालाले बताउनु भयो ।
पक्राउ  गरिएको तीन पोका  लत्ताकपडा भएपनी  छोटी भन्सारको बिल बिजांक १० हजार ५ सय मात्र रहेको संका लागेपछी  लत्ताकपडालाई नियन्त्रणमा  लिइएको थियो ।  पक्राउ  गरिएको  लत्ताकपडाको बजार मूल्य ८० हजार ५ सय रहेको र आवस्यक कार्वाहीको लागि मुल भन्सार कार्यलय बिरगंज  पठाईएको  सशस्त्र प्रहरी नायब उपरीक्षक  भरत कोईरालाले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here