निजगढ,निजगढमा आइतवार भएको खुला रक्तदान कार्यक्रममा ७ महिलासहित ७१ जनाले रगत दान गरेका छन ।
निजगढको सहिद चोकमा नेपाल विद्यार्थी संघको आयोजनामा आइतवार बिहान रक्तदान कार्यक्रम भएको हो ।
रक्तदान कार्यक्रममा ७ महिला सहित ७१ जनाले रक्तदान गरेको कार्यक्रम व्यवस्थापक खड्गराज मैनालीले जानकारी दिनुभएको छ ।ब्लड बैङ्कहरुमा रगतको अभाव हुन नदिन कार्यक्रम आयोजना गरिएको व्यवस्थापक मैनालीले जानकारी दिनुभयो ।

Leave a Reply