निजगढ,४४ औं पुष्पलाल स्मृति दिवसको अवसरमा निजगढ वडा नम्बर ४ स्थित सहिद हिरालाल पार्कमा शनिवार वृक्षारोपण गरिने भएको छ ।

निजगढ नगरपालिका वडा नम्बर ४ को बाघभैरव सामुदायिक वन समुहको वन क्षेत्रमा पर्ने पर्यटकीय क्षेत्र सहिद हिरालाल पार्क गोलघरमा विशेष कार्यक्रम गरेर वृक्षारोपण गर्न लागिएको हो ।

नेकपा एमाले निजगढ नगर कमिटी र मुखलाल स्मृति प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा कार्यक्रम गर्न लागिएको एमाले नगर सचिव तिलक घलानले जानकारी दिनुभयो । उहाँले बिहान ८ बजेबाट वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको पनि बताउनुभयो ।

तत्कालिन नेकपाका संस्थापक महासचिव पुष्पलालको ४४ औँ स्मृति दिवसको अवसरमा संयुक्तरुपमा वृक्षारोपण गर्न लागिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here