कलैया,बारा कलैयाका सुवास जयसवाल नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेलाई लिएर सोमवार पाकिस्तान उडनुभएको छ ।नेपाली राष्ट्रिय टिमको असिस्टेन्ट म्यानेजरका रुपमा सुवास क्रिकेटर सन्दीपलाई लिएर पाकिस्तानको मुल्तान उडनुभएको हो । सन्दीप र सुवास कतार एयरवेजबाट दोहा हुँदै मुल्तानका लागि प्रस्थान गरेका हुन् ।सर्वोच्चमा रहेको मुद्दाका कारण सन्दीप राष्ट्रिय टोलीसंग एसिया कप खेल्न पाकिस्तान जान पाएका थिएनन् । उनको मुद्दाको पेशी सरेपछी नेपाल क्रिकेट संघले सन्दीपलाई पाकिस्तान पठाएको हो ।सन्दीप र सुवासलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्नुभएको थियो । एसिया कपमा नेपालले भदौ १३ गते पाकिस्तानसंग खेल्नेछ ।सन्दीपसंगै पाकिस्तान गएका सुवास नेपाल क्रिकेट संघ मधेस प्रदेशका कोषाध्यक्ष हुन् भने बारामा समेत आवद्ध छन् ।