वीरगञ्ज,सुनचाँदी व्यवसायीले राष्ट्र बैंकको कदमको विरोध गर्दै प्रदर्शन गरेका छन् । बुधवार उनीहरुले राष्ट्र बैंकले सुन आयातमा लगाएको कोटा र भन्सारमा लगाइएको कर वृद्धिको विरोधमा पसल बन्द गरेर विरोध प्रदर्शन गरेका हुन् ।
व्यवसायीहरूले न्यूरोड गेटदेखि ब्यानर र प्लेकार्डसहित सिट्ठी र नारा लगाउँदै प्रदर्शन गरेका थिए ।

अघिल्लो वर्ष राष्ट्र बैंकले दैनिक १० किलोग्राम (केजी) सम्म सुन आयात हुँदै आएको कोटा बढाएर दैनिक २० किलोग्रामसम्म आयात गर्न पाउने गरी नयाँ व्यवस्था गरेको थियो । तर यसमा पनि भन्सार महँगो परेको भन्दै व्यापारीले विरोध गरेका हुन् ।यस पटकको बजेट भाषणमा पनि सरकारले सुन आयातमा लगाइएको भन्सार दर १५ बाट २० प्रतिशत पु¥याएपछि अवैध कारोबार फस्टाउने र व्यवसायी पलायन हुने स्थिति आउने व्यवसायीहरूको दाबी छ ।
भन्सार तिरेर सुन ल्याउँदा धेरै महँगो भएको र यसले व्यावसायिक वातावरण नै खल्बलिने भन्दै व्यवसायीले सो निर्णय फिर्ता लिन माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here