निजगढ,मधेस प्रदेश नेत्रहीन क्रिकेट संघको आयोजनामा दृष्टिविहीन क्रिकेट खेलाडीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले निजगढमा आयोजना गरिएको ३ दिने विशेष प्रशिक्षण कार्यक्रम आज समापन भएको छ ।

निजगढ नगरपालिका वडा नम्बर ६ स्थित खेलकुद मैदानमा भएको समापन कार्यक्रममा निजगढका नगर प्रमुख सुरथ पुरीको प्रमुख आतिथ्यतामा भएको हो । सो कार्यक्रममा उपप्रमुख सोममाया थिङ्ग, निजगढ नगरपालिका वडा नम्बर ४ का अध्यक्ष बिसन सापकोटा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिलबहादुर लामा, इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछाने, समाजसेवी रामकृष्णा घिमिरे, साथी सहकार्य युवा क्लबका प्रतिनिधिलगायतको लगायतका साथी सहकार्य एवा कलब उपस्थिति रहेको थियो ।कार्यक्रमको सहजीकरण मधेस प्रदेश नेत्रहीन क्रिकेट संघका अध्यक्ष महेश साहले गर्नुभएको थियो ।दृष्टिविहिन क्रिकेट खेलाडीहरुले निजगढ नगरपालिका वडा नम्बर ६ स्थित खेलकुद मैदानमा ३ दिनसम्म प्रशिक्षण लिएका थिए ।

आगामी बैशाख ५ गतेदेखि ८ गतेसम्म चितवनमा सञ्चालन हुने अन्तर प्रदेश स्तरीय राष्ट्रिय दृष्टिविहिन क्रिकेट प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको क्षमता अभिवृद्धिको लागि निजगढमा ३ दिने प्रशिक्षण आयोजना गरिएको आयोजकले जनाएको छ ।यसअघि संघले २०८२ साल चैत २० गतेदेखि २५ गतेसम्म वीरगञ्ज महानगरपालिका– ४ स्थित मून लाइट बोर्डिङ स्कूलमा बन्द प्रशिक्षण सम्पन्न गरेको थियो ।

Leave a Reply