काठमाण्डौ – भारतको यूकेएफसीलाई हराउँदै न्युरोड टिम (एनआरटी) क्लब बुढासुब्बा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।धरान रङ्गशालामा बिहीवार भएको दोस्रो सेमिफाइनलमा एनआरटीले यूकेएफसीलाई ३–१ गोलले हरायो । एनआरटीका प्रदीप बुढाथोकीले २ र शिशिर लेखीले १ गोल गरे । यूकेएफसीका हेमराज भुजेलले गोल गरे ।अब एनआरटीले उपाधिका लागि चर्च ब्वाइज युनाइटेडसँग खेल्नेछ । बुधवार भएको पहिलो सेमिफाइनलमा भुटानको आरटीसी क्लबलाई ७–० गोलले हराउँदै चर्च ब्वाइज फाइनलमा पुगेको थियो । फाइनल खेल शनिवार हुनेछ ।२५औं संस्करणको बुढासुब्बा गोल्डकपको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।


















