आरके राजन
सिम्रौंनगढ,अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्ध १६औं अभियान अन्तर्गत मंगलवार चौथो दिन बाराको सिम्रौनगढमा ¥याली निकालिएको छ ।कन्काली माध्यमिक विद्यालय सिम्रौनगढबाट निकालिएको सो ¥यालीका सहभागीहरुले महिला हिंसा बन्द गर, बेटी बचाऊ, बेटी पढाऊ, महिला पुरुष एक समान, दाइजो प्रथा अन्त गर जस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए । बालबालिका तथा महिला सन्जाल सिम्रौनगढको आयोजनामा भएको सो ¥यालीले सिम्रौनगढ बजार परिक्रमा गरेको थियो ।महिला सन्जालकी अध्यक्ष फूलपती देबी मुखियाको नेतृत्वमा निस्केका सो ¥यालीमा समाजिक परिचालिका सुचिता कणर्, ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी नायव निरीक्षक परिक्षण यादव, प्रहरी हवल्दार सुजित राउत, स्थानीय महिला र छात्रछात्राहरुको सहभागिता रहेको थियो ।

Leave a Reply