पुष्पराज खतिवडा

मनहर्वा,विपक्षीले एमाले नेतृ ज्वालाकुमारी साहले प्रदेशसभा सदस्य भएको बखत कुनै काम नगरेको भनी आरोप लगाई रहेका बेला साहले भने आफू साढे तीन वर्ष प्रदेश सभा सदस्य हुँदा ४५ करोडभन्दा बढी रकमको विकास निर्माणको कार्य गरेको दाबी गर्नुभएको छ ।

नेकपा एमाले पोलिटब्युरो सदस्य समेत रहनु भएकी साहले मधेश प्रदेस सभा सदस्यको रुपमा करिब साँढे ३ वर्ष मात्र काम गर्नुभयो । ०५४ सालको निर्वाचनमा नेकपा माओवादीबाट बारा क्षेत्र ३ क बाट प्रेदेश सभामा निर्वाचत साह नेकपा विभाजनसंग एमालेतर्फ लागेपछि माओवादी पार्टीको आग्रहमा उहाँको प्रदेश सभा सदस्य पद खारेजीमा परेको थियो । उक्त समयमा आफ्नो निर्वाचन क्षेत्र नं.३ (क) मा ४५ करोडभन्दा बढीको काम गरेको दाबी गर्दै प्रमाण प्रमाण समेत पेस गर्नुभएको हो ।

प्रदेश सभा सदस्यको नाताले प्रदेशमार्फत पहिलो वर्ष १० लाख, दोस्रो वर्ष १ करोड पचास लाख र तेस्रो वर्ष ३ करोडको बजेट संचालनको जिम्मा पाएको र आफूले बारामा प्रदेश र संघ सरकार सँगको समन्यवमा धेरै काम गरेको बताउनुभयो ।‘राज्यले प्रदेशसभा सदस्यलाई पहिलो वर्ष आ.व.०७४।०७५ मा १० लाख, दोस्रो वर्ष २०७५।०७६ मा १ करोड ५० लाख र आर्थिक वर्ष ०७६।०७७ मा ३ करोड र प्रतिनिधि सभा सदस्यलाई ५ करोड बजेट रकम संचालनको जिम्मा दिएको थियो ।’

‘मैले तीन बर्षको बजेट संचालन गर्ने मौका पाएको थिए, उहाँले भन्नुभयो, अधिकारिक रुपमा ४ करोड ६० लाख रुपैयामात्रै पाएको हो तर प्रदेशका विभिन्न मन्त्रालय र संघ सरकारसँगको समन्वयमा झण्डै ४० करोडभन्दा बढी बजेट खर्च गरेर क्षेत्रको विकास गरेको छु ।’

अनुभव र श्रोतको जानकारी भएकाले यो अवसर जुटाउन आफूलाई सहज भएको पनि उहाँले बताउनुभयो । अन्य दलका प्रेदेश सभा सदस्यहरुले अफूले जस्तो विकास बजेटको जोहो गर्न नसेको पनि उहाँले सुनाउनुभयो ।

‘जनताले यस पटक दिने अवसरको ५ वर्षे कार्यकाल यस यस क्षेको विकास र समृद्धिका लागि सुम्पिने बाचा समेत गर्दछु ।’ पूर्वमन्त्री साहले भन्नुभयो ।

उहाँले कृषि क्षेत्रको विकास, सडक संजाल, उद्योग स्थापना गरी रोजगारी र नदी कटान नियन्त्रण जस्ता कार्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने पनि बताउनुभयो । यसको साथै शिक्षा, स्वास्थ, खानेपानीको सहजता पनि आफ्नो प्राथमिकतामा पर्ने उहाँको भनाइ छ ।

यसैगरी सुकुम्बासी तथा भुमिहिनका समस्या, युवा, महिला, दलितका समस्या समाधानमा समेत आफूले विशेष जोड दिने साहले बताउनुभयो ।प्रदेश सभा सदस्यको कार्यकालमा बारा क्षेत्र नं. ३(क) मा गरेको मुख्य कामको सूची प्रस्तुत गर्दै एमाले उम्मेदवार साहले डुमरवाना कलेज भवन निमार्ण कार्य ६० लाख, जीतपुरसिमरा उपमहानगर–१८ स्थित शंकर चौकदेखि सखुइसम्म बहुवर्षिय योजना अन्र्तगत ५ करोड लागतमा ५ किलोमिटर कालोपत्रे, जीतपुरसिमरा उपमहानगर १२ स्थित गणेशको घरदेखि दक्षिण कृषि सडक निमार्ण १५ लागतमा सम्पन्न । कुसमाडी, लामीडाँडास्थित पसाह खोला नियन्त्रणको लागि १ करोड ५० लाखको लागतमा तटबन्ध कार्य पुरा गरेको पनि उहाँले सुनाउनुभयो । खम्वा, सोनरनियामा २५ लाख, पिलुवास्थित पसाह खोला नियन्त्रणको लागि ४० लाख, बालगंगा नदी नियन्त्रणको लागि २५ लाख, .सुकलैयास्थित बालगंगा नदी नियन्त्रणको लागि ७० लाखको लागतमा तटबन्ध निर्माण गरेको र यस क्षेत्रमा धनजनको क्षेति न्युनीकरणमा सहयोग गरेको उहाँले बताउनुभयो ।

त्यसैगरी डिपबोरिङ्ग सिँचाईको लागि कलैया उपमहानगरको खम्वामा ८० लाख, रामनगरस्थित जमुना टोल, पिलुवा, कचौरा, पैनीटोलमा डिप बोरिङ्घ संचालन गरेको र स्थानीय किसानको सयौं बिगाहा जमिनमा सिचाई सुविधा पुगेको उहाँले जानकारी दिनुभयो ।

आफ्नो पहलमा संचालनमा आएका विकास निर्माणका कार्यहरुको सूची प्रस्तुत गर्दै उहाँले पिलुवामा १ करोड २० लाखको लागतमा वर्थिङ्घ सेन्टर निर्माणाधिन अवस्थामा रहेको र .जैतापुरमा २५ लाखको लागतमा कृषि बजार सेड निमार्ण सम्पन गरेको पनि जानकारी दिनुभयो । १ करोडको लागतमा राजघाटादेखि मौलापुर जोडने कालोपत्रे सडक, सुन्दरपुर बस्तिदेखि पानीट्याङ्की जाने बाटो १ करोड लागतमा ढलान कार्य सम्पन्न गरेको र ५० लाखको लागतमा पिलुवा जाने बाटो ढलान कार्य सम्पन्न गरेको पनि उहाँले सुनाउनुभयो ।

त्यस्तै सोनरनिया दलित विद्यालय १० लाख लागतमा भवन निमार्ण कार्य, बिजुलपुरमा १० लाखको लागतमा मन्दिर निमार्ण, पिलुवामा १० लाखको लागतमा महादेव मन्दिर, जीतपुरसिमरा उपमहानगर १६ स्थित सिद्धेश्वर मन्दिरमा १० लाखको लागतमा भौतिक निमार्ण, जीतपुरसिमरा उपमहानगर १२ स्थित ब्रमकुमारी राजयोग सेवा केन्द्रमा भौतिक निमार्ण कार्य १० लाख, जीतपुरसिमरा उपमहानगर १५ स्थित शिव मन्दिर निर्माण, जीतपुरसिमरा उपमहानगर १६ को शिव मन्दिर निर्माण गर्न १० लाख, जीतपुरसिमरा उपमहानगर १६ स्थित जनजागृति मावि भवन निमार्णको लागि ३५ लाख, कलैया उपमहानगर १ स्थित श्री ३ चन्द्र माविमा कम्पाउन्ड वाल निमार्ण गर्न २० लाख,

कलैया उपमहानगर २७ स्थित अधुरो मोक्तम भवनको भौतिक निमार्ण गर्न २० लाख, जीतपुरसिमरा उपमहानगर १२ स्थित पिपरिया समुदायिक टोलदेखि सिमरीपुल जाने बाटो ग्रेभलिङ्घ कार्य १० लाख, कलैया उपमहानगर १ स्थित ब्रमकुमारी राजयोग सेवा केन्द्रमा भौतिक निमार्ण कार्य १५ लाख खर्च गरेको साहको दाबी छ ।

त्यसैगरी कलैया उपमहानगर २१ स्थित सिकारी मियाको घरदेखि दक्षिण जाने बाटो २६ लाखको लागतमा सम्पन्न भएको र बारा निर्वाचन क्षेत्र नम्बर ३ को क मा चपाकल जडान कार्य १० लाख लगानी गरेको र कलैया उपमहानगर ४ स्थित कलैया युवा विकास क्लबमा १५ लाख रुपैया बराबरको खेलकुद सामाग्री हस्तान्तरण तथा साना किसान कृषि सहकारी कृषि कार्यक्रमका लागि १० लाख, डुमरवानास्थित सप्तरंगी बचत तथा ऋण सहकारी भवन निर्माणका लागि १५ लाख, रजघट्टा मौलापुर पाँच बर्षिय योजना अन्तगर १ करोडको लागतमा १ किलो मिटर सडक कालोपत्रे, सुन्दरबस्ती सडक ढलान ६० लाख, जैतापुर बजार सेड निर्माण २५ लाख, श्री नेरामावी मनहर्वा बालबालिका बाल उद्यान निर्माणमा ८ लाख र भोडाहा र मटेरियामा सडक ढलान गर्न ७० लाख बजेट खर्च गरेको पनि उहाँले बताउनुभयो ।

Leave a Reply