कलैया,बारा जिल्लास्थित सीमा क्षेत्रबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा ठूलो परिमाणको लागूऔषध गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सशस्त्र प्रहरीले बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ७ सनफुलवास्थित खेतको नहर सडकबाट १ सय १२ किलोग्राम लागूऔषध बरामद भएको हो ।
विशेष सूचनाको अधारमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीबाट खटिएको टोलीले भारी मात्रामा लागूऔषध गाँजा बरामद गर्न सफल भएको हो ।
सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरको निर्देशनमा खटिएको टोलीले लागूऔषध गाँजा बरामद गरेको हो । मंगलवार राती खटिएको सशस्त्र प्रहरीको टोलीले लागूऔषध गाँजा बरामद गरेको हो ।