सिमरा,सिमरा रंगशालामा जारी अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगितामा नेपालराष्ट्रिय माध्यमिक विद्यालय अमलेखगञ्ज र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरा विजयी भएका छन् ।

ग्रासरुट फाउण्डेसन सिमराको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत बुधबार भएको पहिलो खेलमा अमलेखगञ्जले लोटस एकेडेमी सिमरामाथि ३–१ को जित निकाल्दै क्वाटर फाईनलमा स्थान बनाएको हो ।

अमलेखगञ्जको जितमा ब्रिजन नेपाल एक्लैले दुई गोल गरे । अर्को एक गोल अमलेखगञ्जले आत्मघाती उपहार पाएको थियो ।

टिमका लागि दुई गोल गरेका ब्रिजन खेलको म्यान अफ दि म्याच घोषित भए ।

हारसँगै प्रतियोगिताबाट बाहिरिएको ब्राईटरकालागि रोहन श्रेष्ठले सान्त्वना गोल गरेका थिए ।

बुधबार नै भएको अर्को खेलमा अक्षरा पाठशाला सिमरामाथि १–० को जित हात पार्दै नेरामावि सिमरा क्वाटर फाईनल प्रवेश गरेको छ । सिमराका साहिल मोक्तानले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई जित दिलाएका हुन् ।

अक्षराका उज्वल कार्कीले डि–बक्सभित्र फउल गरेपछि सिमराले पेनाल्टीको अवसर पाएको थियो । सोही अवसरलाई सदुपयोग गर्दै साहिलले टिमलाई क्वाटर फाईनलमा पु¥याए । उत्कृष्ट प्रदर्शन गर्दै खेलको म्यान अफ द म्याचभने अक्षराका गोल रक्षक सञ्जय थापा घोषित भए ।

प्रतियोगिताअन्तर्गत बिहिबार नेपाल राट्रिय माध्यमिक विद्यालय डुमरवानासँग सिमरा पब्लिक ईङ्लीस स्कुल र राष्ट्रिय विभुति शिक्षा सदन स्कुल रजघट्टासँग नोबेल एकेडेमी सिमरा खेल्ने प्रतियोगिता संयोजक सोनु क्षेत्रीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here