निजगढ,

अविरल बर्षापछि आएको बाढी पसेपछि निजगढस्थित ईलाका प्रहरी कार्यालयमा रहेका हतियार र थुनुवा सुरक्षाको लागि अन्यत्र सारिएका छन । शुक्रबार रातिदेखि परेको निरन्तरको बर्षापछि शनिबार बिहान आएको बाढी मुल गेटबाट पसेपछि ईलाका प्रहरी कार्यालय निजगढ डुवानमा परेको छ । कार्यालय भवनको पहिलो तल्ला डुवानमा परेपछि प्रहरी हिरासतमा रहेका ४ जना थुनुवा र हतियार सुरक्षाको लागि भन्दै ईप्रका कोल्हबी पठाइएको छ । बाढीले कोतघर र थुनुवा कोठामासमेत पानी भरिएपछि सुरक्षाकोलागि कोल्हबीमा पठाइएको ईलाका प्रहरी कार्यालय निजगढका निरीक्षक शंकरप्रसाद चौधरीले जानकारी दिनुभयो ।

बिहान सबेरैदेखि मुल गेटबाट पसेको बाढी कार्यालयको दक्षिणतर्फको पर्खाल भत्काएर बाहिर निस्किएको थियो । बर्षा रोकिएपछि दिउसोबाट बाढी पनि कम भएको र कोल्हबी पठाइएका हतियार र थुनुवालाई कार्यालयमा ल्याउने तयारी गरिएको निरीक्षक चौधरीले बताउनुभयो । बाढीले प्रहरी कार्यालयको भान्छा घरसमेत जलमग्न भएपछि सामुहिक मेस पनि संचालनमा आउन नसकेको छैन ।

मेस अवरुद्ध बनेपछि प्रहरी जवानलाई स्थानीय होटलमा पुर्याएर खाना खुवाइएको प्रहरी निरीक्षक चौधरीले बताउनुभयो ।

 

त्यसैगरी बाढीले निजगढका विभिन्न बस्ती पनि डुबानमा परेका छन् । बाढी पसेर नगरपालिकाकाको वडा नम्बर ६, ७, ८ र ९ का सयौं घरहरु डुबानमा परेका हुन । दर्जन भन्दाबढी घरभित्र बाढी पसेर क्षति पुगेको छ । निजगढ नगरपालिकाले पछिल्लो समय निर्माण गरेको सडकमा नालाको राम्रो प्रवन्ध हुन नसकेका कारण नगरमा बाढी र डुवानको समस्या उत्पन्न भएको स्थानीय गोविन्द आचार्यले बताउनुभयो । गहिरो पारेर नाला बनाइनुपर्नेमा हाल निर्माण भएका अधिकांश नाला बस्ति भन्दामाथि अग्लो स्थानमा भएकोले पानी निकास हुन नसकेर बस्ती डुबानमा परेको उहााको भनाइ छ ।

त्यसैगरी बाढीले डुवानमा परेपछि रौतहटका ३ प्रहरी चौकीहरु सुरक्षित स्थानमा स्थान्तरण गरिएका छन । रौतहटको राजदेवी नगरपालिकाको वडा नम्बर ९ स्थित बसतपुरमा रहेको प्रहरी चौकी ब्रम्हपुरी, गौर नगरपालिकाको वडा नम्बर १ स्थित गौरमा रहेको भन्सार सुरक्षा गार्ड र गौर वडा नम्बर २ स्थित महादेवपट्टीमा रहेको अस्थायी प्रहरी पोष्टको कार्यालयमा पानी पसेर डुवानमा परेको थियो । निरन्तर बर्षाले पानीको सतह घट्नुका सट्टा बढ्ने बढन थालेपछि शनिबार डुवानमा परेका ३ आटै प्रहरी चौकीहरु सुरक्षित स्थानमा स्थान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Leave a Reply