काठमाण्डौ – सरकारको आउँदो आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
नीति तथा कार्यक्रममार्फत सरकारले राजनीतिक दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने घोषणा गरेको छ । सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँगको संवाद र सहकार्यका आधाार संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशेधन बहसपत्र तयार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
सरकारले सरकारले आउँदो आर्थिक वर्ष समस्याग्रस्त सहकारी संस्थामा नागरिकले जम्मा गरेको बचत एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरी फिर्ता गर्ने घोषणा गरेको छ ।
सरकारले ‘भिजिट नेपाल २०८५’ मनाउने घोषणा गरेको छ । नीति तथा कार्यक्रममा आउँदो आर्थिक वर्षलाई पूर्वतयारीका रूपमा काम गर्ने उल्लेख छ ।सरकारले नागरिक उड्डयन क्षेत्रको संरचनात्मक सुधार गर्ने घोषणासहित पर्यटनको क्षेत्रमा निजी क्षेत्रको सहभागिता सुधार र अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड कार्यान्वयन गर्ने उल्लेख छ ।
सरकारले आउँदो आर्थिक वर्षभित्र सडक बालबालिकामुक्त नेपाल घोषणा गर्ने दाबी गरेको छ ।
सरकारले आउँदो दशक अर्थात् २०८३–८४ देखि २०९३–९४ लाई रोजगार प्रवद्र्धन दशक घोषणा गरेको छ ।
फोटो पनि छ ।
स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना हुने
काठमाण्डौ – सरकारले स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गर्ने घोषणा गरेको छ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रममार्फत यस्तो घोषणा गरिएको हो ।
यस्तै देशको स्वास्थ्य प्रणालीलाई एकीकृत सेवा मोडलमा लैजाने, स्वास्थ्य सेवा लागत प्रभावकारी र नागरिकमैत्री बनाउने गरी सबै पालिकामा आधारभूत अस्पतालसम्मको पहुँच सुनिश्चत गरिने छ । सामुदायिक स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता सङ्ख्या र सेवा दायरा विस्तार गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
‘टेलिहेल्थ’ मार्फत दुर्गम क्षेत्रका नागरिकलाई विशेष परामर्श सेवा उपलब्ध गराइने, रोग निगरानी र नियन्त्रणका लागि ‘सेन्टर फर डिजिटल कन्ट्रोल’ तथा स्वास्थ्य सेवा गुणस्तर बनाउका लागि राष्ट्रिय स्वास्थ्य प्रत्यायोजन प्राधिकरण गठन गरिने उल्लेख छ ।यस्तै सङ्घीय तहमा जैविक अध्ययन र महामारी नियन्त्रण क्षमता बढाउनका लागि राष्ट्रिय जैविक अध्ययन प्रयोगशाला स्थापना गरिने छ । क्यान्सर तथा नसर्ने रोगको नियन्त्रण र रोकथामका लागि उपचारभन्दा रोकथाम, जनचेतना, नियमित परीक्षण र जीवनशैलीमा आधारित रणनीति कार्यान्वयन गरिने पनि उल्लेख छ ।
यसैगरी मानसिक स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्यको अभिन्न अङ्गका रूपमा मान्दै राष्ट्रिय मानसिक स्वास्थ्य नीति कार्यान्वयन, योग, ध्यान र सामुदायमा आधारित स्वास्थ्य कार्यक्रमको विस्तार तथा प्रवद्र्धन गरिने विषय पनि कार्यक्रममा समावेश छ । साथै अत्याधुनिक अपाङ्गता पुनस्र्थापना केन्द्रको स्थापना तथा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई सहायक प्रविधिसहित विशेष कार्यक्रम सञ्चालन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

















