निजगढ,निजगढ नगरपालिका वडा नम्बर ५ पूर्वटोलस्थित पाल्देन दोयाङ गुम्बामा आगामी शुक्रवारदेखि गुम्बा मेला लाग्ने भएको छ ।मेला समितिले बहुसांस्कृतिक कार्यक्रमसहित मंसिर १५ गतेदेखि रमाइलो मेलाको आयोजना गर्न लागेको हो । पूर्वटोलको खेल मैदानमा ३ दिनसम्म लाग्ने सो मेलामा राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरुले साङ्गितिक प्रस्तुती दिने मेला आयोजक समितिका संयोजक विजय तिमल्सिनाले जानकारी दिनुभयो ।मेलामा चर्चित गायक शिव परियार, कल्याण आले तथा स्थानीय कलाकारहरु बद्री राउत, नवराज राउत र प्रमिला आलेलगायतको गायन र एलिसा डान्स ग्रुपले नृत्यसमेत प्रस्तुत गर्ने संयोजक तिमल्सिनाले बताउनुभयो । मेलामा सांस्कृतिक कार्यक्रमसहित विभिन्न किसिमका खेल तमासा र व्यापारिक स्टलसमेत राखिने उहाँले जानकारी दिनुभयो ।

Leave a Reply