बारामा दुइ जना तथा पर्सामा एकमा काराेना भेटीएपछि नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ५७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको स्वाब परीक्षणमा बुधबार थप तीन जनामा पोजिटिभ देखिएको जनाएका छन् । उनीहरुको वीरगन्जबाट स्वाब संकलन गरी टेकुमा पठाइएको थियो । बाराका दुई र पर्साका एक जनामा पोजिटिभ देखिएको नारायणी अस्पतालका एक चिकित्सकले जानकारी दिए । उनका अनुसार ५०, ४६ र ३१ वर्षका तीन जना पुरुषमा देखिएको हो। मंगलबार पनि रौतहटका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको स्वाब परीक्षणमा रौतहटका दुई पुरुषमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । संक्रमित दुवैजना रौतहटको बृन्दाबन र देवाही गोनाही नगरपालिकाका हुन् । संक्रमित वृन्दावन नगरपालिका-९ भुषाहटोलका २५ वर्षीय युवक र  देवाही गोनाही १ करुनिया टोलका ३५ वर्षीय पुरुषमा रहेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमितमध्ये १६ जना उपचारपछि घर फर्किसकेका छन्। 

बारामा कोरोना संक्रमित भेटिएको दुई गाउँलाई स्थानीय प्रशासनद्धारा सिल

बारामा कोरोना संक्रमित भेटिएको दुई गाउँलाई स्थानीय प्रशासनले सिल गरेको छ । दिल्लीको मर्कजमा सहभागी दुई जनामा बुधबार कोरोना संक्रमणको पुष्टि भएको थियो । उनीहरु बसोबास गर्दै आएको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ७ जीतपुर र वडा नम्बर १९ ईनरुवासिरा क्षेत्रलाई प्रशासनले क्षेत्र सिल गरेको छ । जीतपुरका ४३ वर्षका र सिम्रौनगढ घर भई ईनर्वा सिमरास्थित मस्जिदमा बस्दै आएका ३५ वर्षका संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका ७ जना पहिचान गरिएको छ ।

 

 

उनीहरुलाई जीतपुर सिमरामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा राखिएको छ । उनीहरु बस्दै आएको क्षेत्रमा पूर्ण रुपमा आवतजावत बन्द गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । संक्रमित भेटिएको दुवै ठाउँ सिल गरिएको छ । कन्ट्याक्ट ट्रेसिङ पनि शुरु गरिएको छ’ प्रजिअ पण्डितले भने ‘दुवै संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका परिवारका सदस्य, एक सवारी चालक र आफन्त समेत गरी ७ जनालाई आईसोलेसनमा राखेका छौं । साभारः 

Leave a Reply