आरके राजन
सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिकामा सोमवार एक भव्य समारोहकाबीच होलीमिलन कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला समन्वय समिति, बाराका अध्यक्ष नरेन्द्र साहको प्रमुख आतिथ्यतामा तथा सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरीप्रसाद कलवारको अध्यक्षतामा सम्पन्न यो कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू, स्थानीय भद्रभलादमी तथा नगरपालिका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका नेता प्रमानन्द मुखिया, नेकपा माओवादी केन्द्रका भोजेन्द्रप्रसाद यादव, वामपन्थी नेता बतहु यादवलगायतका वक्ताहरूले होली पर्वको महत्वबारे प्रकाश पार्दै सबैमा शुभकामना व्यक्त गरेका थिए ।सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवालले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने संचालन नगरपालिका स्वास्थ्य शाखा संयोजक विजयशंकर ठाकुरले गर्नुभएको थियो ।
कार्यक्रममा नगरपालिकाका विभिन्न पदाधिकारी तथा स्थानीयको सहभागिता रहेको भएपनि नेपाली कांग्रेसका प्रतिनिधिहरू तथा अधिकांश वडा अध्यक्षहरू भने अनुपस्थित थिए। समारोहमा उपस्थित अतिथिहरूलाई कुर्ता, पइजामा तथा गम्छा प्रदान गरी सम्मान गरिएको थियो।कार्यक्रम नगरपालिका कार्यालयको प्रङ्गणमा सम्पन्न भएको हो ।


















