वीरगन्ज,हिन्दु समाज पर्सा र विभिन्न हिन्दूवादी संगठनहरुले वीरगन्जमा वृहत र्याली सहित विरोध प्रदर्शन गरेका छन् ।
छठ पर्वको दिन प्रदेशको धनुषा, बारासहित विभिन्न स्थानमा हिन्दूधर्माम्बलीहरुमाथि भएको दमनविरुद्ध हिन्दूवादी संघ संस्थाहरुले विरोध जनाएका हुन् ।
हिन्दू समाज पर्सा, हिन्दु युवा संघ नेपाल, हिन्दू परिषद् नेपाल, हिन्दू स्वयमसेवक संघ नेपाललगायतका संघ संस्थाहरुले वीरगन्जको लालबंगलाबाट विरोध र्याली निकालेका हुन् । र्यालीमा सहभागीहरुले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गर्दै सरकारविरुद्ध नारावाजी गरेका थिए ।
घण्टाघर हुँदै, माइस्थान, आदर्शनगर, विर्ता छपकैया पुगेर पुनः लालबंलामा पुगेर कोणसभामा परिणत भएको हिन्दू युवा संघ नेपालका अध्यक्ष राजेश सिँहले जानकारी दिनुभयो । विरोध सभामा हिन्दू परिषद् नेपालका अध्यक्ष सन्तोष पटेलसहित विभिन्न हिन्दूवादी संगठनका प्रमुख एवम् पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।