वीरगन्ज,अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आयोजित ‘आरोग्यः वृहत निःशुल्क स्वास्थ्य शिविर’ सोमवार सम्पन्न भएको छ ।सामुदायिक संस्था सानो पाइलाको आयोजना, राउण्ड टेबल नेपालको प्रायोजन र ईम्प्रुभिङ्ग वीरगन्जसँगको सहकार्यमा वीरगन्जस्थित माईस्थान पार्कमा स्वास्थ्य शिविर आयोजना भएको हो । सोमबार बिहान ७ः३० बजेबाट सुरु भएको शिविर बिहान १०ः३० बजेसम्म सञ्चालन भएको थियो ।शिविरमा पेट तथा लिभर रोग विशेषज्ञ डा. राकेश कुमार झा, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. अस्मिता उपाध्याय द्विवेदी, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. रन्जनकुमार झा, फिजिसियन डा. सरोज रोशन दास, दन्त रोग विशेषज्ञ डा. राजेश स्वर्णकार र मेडिकल अफिसर डा. भुनेशकुमार बादललगायतका विशेषज्ञ चिकित्सकहरुको टोलीले उपचार सेवा प्रवाह गरेका थिए ।शिविरबाट १ सय ८१ जना बिरामीहरुले चिकित्सकीय परार्मश लिएका थिए । शिविरमा नसर्ने रोगका बिरामीहरु सबभन्दा बढी आएका थिए । शिविरमा आएका सबै बिरामीहरुलाई चिकित्सकीय परामर्शसँगै औषधी समेत व्यवस्थापन गरिएको थियो । नेशनल हेल्थ केयरको सहयोगबाट प्राप्त हुन आएको औषधीहरु बिरामीहरुलाई निःशुल्क रुपमा बाँडिएको थियो ।शिविरमा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगन्जका विद्यार्थीहरुको प्राविधिक सहयोग रहेको थियो ।समुदायको ठूलो हिस्सा अहिले पनि स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेको अवस्थामा सोको अन्त्य गर्न समुदायका बासिन्दाहरुको स्वास्थ्य प्रवद्र्धन गर्न शिविर आयोजना गरिएको बताइएको छ ।

Leave a Reply