आरके राजन
सिम्रौनगढ,सिम्रौनगढ नगरपालिका वडा नम्बर ५ को कनकपुरमा मंगलवार एक कार्यक्रमबीच सिम्रौनगढ कृषि गोदामको शिलान्यास गरिएको छ ।सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरीप्रसाद कलवारले गोदामको धार्मिक विधिअनुसार पूजापाठ गरेर गोदामको शिलान्यास गर्नुभएको हो । उहाँले गोदाम भवनको जगमा ५ वटा ईटा राखेर शिल्यान्यास गर्नुभएको हो ।२ हजार मेट्रिकटन क्षमताको उक्त कृषि गोदाम ५ करोड ३० लाखको लागतमा निर्माण हुने बताइएको छ । विशाल एण्ड बिराट कन्ट्रक्सन प्रा.लि. जोरपाटी काठमाडौले निर्माणको ठेक्का पाएको सो गोदाम आगामी २०८२ साल असार मसान्तभित्र तयार हुने जनाइएको छ ।हर्मेटिव प्रकृतिको सो कृषि गोदाममा अतिरिक्त पार्किङ्ग, ढलान सडक र ग्रीण गार्डेनसमेत निर्माण हुने मेयर कलवारले जानकारी दिनुभएको छ ।

Leave a Reply