वीरगञ्ज,पर्साको जीराभवानी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।जीराभवानी वडा नम्बर ४ परसवा टोलमा शुक्रवार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अर्का तीनजना घाइते भएको प्रहरीले जनाएको हो ।मृत्यु हुनेमा जगरनाथपुर गाउँपालिका वडा नम्बर १ का प्रदीप महतो रहेका छन् । घाइते हुनेहरुतर्फ प्रेम ठाकुर, भट्टराई महतो नुनिया र अर्को एकजनाको भने नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कुमारविक्रम थापाले जानकारी दिनुभयो ।पिडारीगुठीबाट सेढवातर्फ आइरहेको बिआर २२ एबी १५४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पोलमा ठोक्किदा दुर्घटना भएको प्रहरी प्रवक्ता थापाले बताउनुभयो ।३ जनामध्ये २ जना गम्भीर घाइते रहेको प्रहरी भनाइ छ । प्रहरीका अनुसार ती दुबै जना गम्भीर घाइतेहरुको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply