निजगढ,पूर्वपश्चिम राजमार्गको निजगढ– पथलैया खण्डको १२ किलो जंगलमा बुधवार दिउसो कार दुर्घटना हुँदा कारमा सवार ३ जना घाइते भएका छन ।राजमार्गको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ मा पर्ने बाह्र किलो भन्ने स्थानमा सिमराबाट चन्द्रपुरतर्फ आउदै गरेको प्र ०१–०२८ प ७३२४ नम्बरको कार आफै अनियन्त्रित भई पल्टदा कार चालक रौतहत चन्द्रपुर नगरपालिका वडा नम्बर ४ बस्ने अन्दाजी वर्ष ३० को अरबिन्द चौधरी, कारमा सवार सोही ठाउँ बस्ने वर्ष ३६ को राजकुमार सिंह मोक्तान र निजकी श्रीमती अन्दाजी वर्ष ३६ की माया तामाङ घाइते भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिनुभयो ।चालक चौधरीको टाउको र घाटीमा चोट लागेको र अवस्था सामान्य रहेको छ । चौधरीको निजगढस्थित महम्मुदिन मेडिकलमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । त्यसैगरी कारमा सवार राजकुमार बाँया हातमा र श्रीमती मायाको ढाडमा चोट लागेको छ । दुबै जनाको अवस्था सामान्य र उनीहरुलाई ट्रमा हस्पिटल चपुरमा उपचारको लागि पठाइएको निजगढ प्रहरीले जनाएको छ ।

Leave a Reply