काठमाडौं, २८ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएका छन् । जेनजी आन्दोलनपछि पहिलोपटक कांग्रेस मुख्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गरेपछि देउवाले खड्कालाई कार्यवाहक सभापति दिएको घोषणा गरेका हुन् ।

‘मैले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेको छु। जिम्मेवारीअनुसार काम गर्नुहोला,’ देउवाले भने । उपसभापति खड्कालाई कार्यवाहक सभापति दिन संस्थापन पक्षबाटै माग भएको थियो । छिटो १५ औं महाधिवेशन गर्ने दबाब परिरहेका बेला देउवाले खड्कालाई कार्यवाहक सभापति तोकेका हुन् । साभार : लोकान्त्तर

Leave a Reply