नरेश गुप्ता

बरियारपुर,जिल्ला प्रहरी कार्यलयमा दुई वर्षसम्म सेवा गर्न भएका प्रहरी नायब उपरीक्षक गौतम मिश्रको मंगलबार बाराबाट बिदाइ गरिएको छ । लेखापढी समिति बाराले एक कार्यक्रमबीच सम्मानसहित उहाँको बिदाइ गरेको हो ।

विदाइ कायक्रममा उपरीक्षक गौतमको कार्यकाल बारामा सफल रहेको बताइएको थियो । मिश्रको कार्यकालमा पत्रकार बिरेन्द्र साहको फरार हत्यारा पक्राउ गर्नेदेखि जीतपुरसिमरा उपमहानगरपालिकामा किसान दम्पति हत्यारा, दुई दाजुभाईको हत्यारा पक्राउ लगायत विभिन्न अपराधमा संलग्नहरु पक्राउ परेका छन । उहाँले जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी प्रवक्ताको पनि जिम्मेवारी सम्हाल्नु भएको थियो ।

कोभिड– १९ को पहिलो लहर र दोस्रो लहर नियन्त्रण तथा रोकथाममा समेत सामुदायिक साझेदार प्रहरी कार्यक्रम अन्तर्गत जिल्लामा जनचेतनामूलक कार्यक्रम संचालनमा प्रवक्ता मिश्रको भुमिका महत्वपूर्ण रहेको बताइएको छ ।

बारामा कार्यरत हुँदा नै उपरीक्षक मिश्र जिल्ला प्रहरी कार्यलय बाराबाट म्यान ओफ द मन्थ र उत्कृष्ट प्रहरीबाट सम्मानित पनि हुनु भएको थियो । उपरीक्षक मिश्रको महानगरीय प्रहरी वृत बालाजुको प्रमुखको रुपमा सरुवा भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here