कृष्ण मोहन साह
सेढवा,पर्साको जिराभवानी गाउँपालिकाबाट सशस्त्र प्रहरीले अबैध लागूऔषध गाँजासहित एउटा मोटरसाइकल बरामद गरेको छ ।सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट महादेव पट्टीबाट सशस्त्र प्रहरी निरीक्षक शम्भु ढुङ्गेलको नेतृत्वमा गएको गस्ती टोलीले मंगलवार राति ८ः४५ बजेको समयमा जिराभवानी गाउँपालिका वडा नम्बर १ महादेवपट्टीको ओरिया खोलाको बाटो हुँदै भारत जाँदै गरेको अवस्थामा बि आर २२ एल ०९६६ नम्बरको मोटरसाइकलसहित ३ केजी ५ सय ग्राम गाँजा सहित मोटरसाइकल बरामद गरेको हो ।सशस्त्र प्रहरीको गस्ती टोलीलाई देख्ने बित्तिकै तस्करले गाँजासहित मोटरसाइकल छोडेर फरार भएकोले पक्राउ गर्न नसकिएको सशस्त्र प्रहरीले दाबी गरेको छ ।बरामद गरिएको मोटरसाइकल र गाँजालाई आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय सेढवामा पठाइएको प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरका सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोद खड्काले जानकारी दिनुभयो



















