राजनकुमार बानिया
पोखरिया,पर्सा मिलन केन्द्र, काठमाडौंले दलित सामाजिक अभियान्ता तथा पिसफोर दलितस फाउन्डेसन नेपाल, पर्साका अध्यक्ष मनोज रामलाई एक कार्यक्रमका बीच शनिवार सम्मान गरेको छ ।२३औं पर्सा दिवसको अवसरमा पर्सा मिलन केन्द्र काठमाडौंले ललितपुरको जावलाखेलस्थिति बुद्ध हल, डि.ए.भि. कम्प्लेक्समा आयोजना गरेको अभिनन्दन तथा सम्मान कार्यक्रममा सामाजिक सेवा, सामाजिक रुपान्तरण, सामाजिक परिवर्तन, सामाजिक न्याय र दलित समुदायको सेवामा पु¥याएको योगदानको कदर गर्दै रामलाई सम्मान गरेको हो ।लामो समयसम्म सामाजिक क्षेत्रको विकासमा समर्पित भई उल्लेखनीय तथा प्रशंसनीय योगदान पु¥याएर पर्सा जिल्लाको गौरव अभिवृद्धि गर्नुभएकोले रामलाई कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपती रामसहाय यादवले सम्मानपत्रबाट प्रदान गर्नु भएको थियो । त्यसैगरी कार्यक्रमका विशिष्ठ अतिथि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।राम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित दलित सामाजिक अभियान्ता हुनुहुन्छ । विगत १५ वर्षदेखि पर्सा जिल्लालगायत मधेस प्रदेशका विभिन्न जिल्लामा सामाजिक कार्यमा सक्रिय हुदैआउनुभएको छ । राममार्फत अहिले पर्सा जिल्लाको १ हजार बालबालिकाहरुलाई लक्षित गरि शिक्षामा पहुँच, विद्यालय टिकाउ, गुणस्तरीय शिक्षा, सिकाइ सुधार, सामुदायिक परिवर्तन, कक्षा उतिर्णमा सुधार, शिक्षामा बानीको विकासको लागि जिल्लाका ५ वटा टोलमा सामुदायिक निशुल्क टियुसन कक्षा केन्द्र संचालन हुदैआएको छ । अभियानबाट १ हजार बालबालिका लाभान्वित हुदैआएका छ्न ।कार्यक्रममा रामसहित पर्सा जिल्लाबासी मध्ये शिक्षा, स्वास्थ्य, कला, साहित्य ,उद्योग, व्यवसाय, खेलकुद, सामाजिक, संचार, विज्ञान तथा प्रविधि क्षेत्रहरूमा विशेष योगदान तथा ख्याति कमाएका व्यक्तिहरुलाई पनि अभिनन्दन, सम्मान तथा कदर गरिएको थियोे ।पर्सा मिलन केन्द्रका अध्यक्ष उमेश गुप्ता रौनियारको अध्यक्षतामा भएको सो कार्यक्रममा पर्सा जिल्लाका संघीय सांसदहरु, प्रदेश सांसदहरु, गाउँ÷नगरपालिका प्रमुख लगायत जिल्लाका विभिन्न कार्यालयका कर्मचारी र समाजसेवीहरुको पनि उपस्थिति रहेको थियो ।कार्यक्रमको सहजीकरण पर्सा मिलन केन्द्र, काठमाडौंका महासचिव ललनप्रसाद साह र प्रतीमा चौधरीले गर्नुभएको थियो ।

Leave a Reply