आरके राजन
सिम्रौनगढ,जनमत पार्टीले बाराको सिम्रौनगढमा शुक्रवार भ्रष्टाचार विरुद्ध ¥याली र कोण सभा आयोजना गरेको छ ।
केन्द्रिय सदस्य सुनिलप्रसाद यादवको प्रमुख आतिथ्य र स्थानीय नेता बिजय शर्माको अध्यक्षतामा भएको आम सभामा बोल्दै वक्ताहरुले सिम्रौनगढ नगरपालिका कार्यालयमा बढेको भ्रष्टाचार, कार्यालयका कर्मचारीहरुको आन्दोलन र त्यसबाट सेवा अवरुद्ध भएको भन्दै विरोध जनाएका छन । उनीहरुले मेयर किशोरीप्रसाद कलवार र मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको कारण नगरपालिका भ्रष्टाचारको अखडा बनेको भन्दै कडा आलोचना पनि गरेका थिए ।कार्यक्रममा सो पार्टीका केन्द्रिय कार्यकार्यकारणी सदस्या रोषणी खातुन, राजनितिक समिति सदस्य प्रभु पटेल, राईटर आर के राउत, रामाशंकर कुशवाहा, बिकास सिह, गगनदेव कुशवाहा, हरिशंकर यादव लगायतले बोलेका थिए । सर्वजित पटेलले स्वागत मन्तव्य व्यक्त गर्नु भएको आम सभालाई युवा नेता चन्दन शर्माले सन्चालन गर्नु भएको थियो ।



















