नेपालमा गणतन्त्र स्थापनापछि दोश्रो पटक भएको निर्वाचनको आइतवार बेलुकासम्मको मत परिणाम हेर्ने हो भने नेपालका केही स्वतन्त्र उम्मेदवारहरुले नेतृत्व लिइसकेका छन् । हुन त यो कुरा गरिरहदा मत परिणाममा फेरबदल पनि हुन सक्छ । तर आइतवार बेलुकासम्मको कुरा गर्ने हो भने स्वतन्त्र उम्मेदवारको सवालमा भइरहेको नेतृत्वको सवालमा भने राजनीतिक दलप्रति बितृष्णा हो कि भन्ने देखिन्छ ।
अहिलेसम्म नेपालका स्वतन्त्र उम्मेदवारले बिजयी हासिल गरेको उदाहरण कमै छन् तर यस पटकको निर्वाचनमा भने काठमाडौंमा नै स्वतन्त्र उम्मेदवारले अग्रता लिनु भनेको राजनीतिक दलहरुप्रतिको बितृष्णा नै हो । काठमाडौंमा गठबन्धन गरेर एमाले बाहेकका दलहरु लगभग एक ठाउमा उभिएको अवस्था हो र एमाले पनि काठमाडौंको ठूलो शक्ति हो । अघिल्लो चुनावमा निकै मत अन्तरले बिजयी भएको एमालेको अवस्था अहिले यसै भन्न सकिने अवस्था छैन ।
त्यसैले पनि यदि आइतबार बेलुकासम्म आएको मत परिणाम नै अन्तिम भयो भने राजनीतिक दलहरुका लागि र राजनीतिक प्रणालीका लागि नै निकै चुनौतीको कुरा हो । शुरुमा नै भएपनि स्वतन्त्र उम्मेदवारले अग्रता लिनु आफैमा दलका लागि चुनौती हो ।