काठमाडौँ, २ वैशाख : राष्ट्रिय किताबखाना (निजामती) ले सामुदायिक विद्यालयका स्थायी शिक्षकहरूको अवकाशपछिको ‘सिटरोल’ आगामी आर्थिक वर्षदेखि प्रदेशस्तरबाट, अर्थात् प्रदेशको शिक्षा हेर्ने मन्त्रालयमार्फत सञ्चालन गर्ने भएको छ।

नेपाल सरकारको शासकीय सुधारअन्तर्गत तयार गरिएको १०० कार्यसूचीको बुँदा नं. १५ मा शिक्षकहरूको सिटरोल दर्ता तथा अवकाशपछिको सेवा–सुविधाको व्यवस्थापन आगामी आर्थिक वर्षदेखि प्रदेशको शिक्षा मन्त्रालयमार्फत गर्ने व्यवस्था मिलाउने उल्लेख गरिएको छ। सोही व्यवस्था कार्यान्वयन गर्न उक्त प्रबन्ध गर्न लागिएको हो।

राष्ट्रिय किताबखानाका महाप्रबन्धक श्रवणकुमार पोखरेलका अनुसार उक्त निर्णय कार्यान्वयनका लागि पहिलो चरणमा डिजिटल सेवा, इ–पेन्सनलगायतका सुविधा विस्तार गर्ने तथा सिटरोल दर्ता प्रक्रियालाई अघि बढाउने विषयमा छलफल सुरु भएको छ। यसका लागि कार्यालयले आवश्यक कार्यविधि स्वीकृतिको प्रक्रिया पनि अघि बढाएको छ।

Leave a Reply