कोल्हबी,नेकपा एमाले कोल्हबी नगरपालिकाका नगर कमिटीले पौष २७ गते शनिारको दिन हुने नगर अधिवेशन गर्ने भएको छ ।एमालेको पार्टी कार्यालयमा शनिवार राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको नगर अधिवेशनमा सो कुराको जानकारी गराइएको हो । भेलाले जिल्लाबाट प्राप्त सर्कुलर पार्टीको कोल्हबी नगर अधिवेशन भव्यताका साथ आफल पार्ने निर्णय गरेको छ ।
राष्ट्रिय युवा संघ नेपाल कोल्हबी नगर कमिटीका अध्यक्ष सरोजकुमार चौधरीको सभापतित्व तथा बिशिष्ट अतिथि नेकपा एमालेको मधेस प्रदेश सदस्य ढुण्डीराज उप्रेती, पार्टी जिल्ला कमिटी सदस्य शिवहरी आचार्य, पार्टी नगर कमिटी अध्यक्ष पुरनदेव चौधरी, उपाध्यक्ष कृष्ण ढकाल, सचिव नन्देश्वर चौधरी (सागर), संगठन केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज दिपिका शाह, संगठन जिल्ला सचिव दिपेन्द्र सुवेदी ‘रसिक’, संगठन जिल्ला सचिवालय सदस्य सुमित्रा बस्नेत, अनेमसंघ नगर कमिटी अध्यक्ष दिपलक्ष्मी खरेल, कोल्हबी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष विष्णुप्रसाद मैनालीलगायत युवाहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा पार्टीको अगुवा नेता तथा कार्यकर्ताहरुले अधिवेशन सफल पार्ने बारेमा विभिन्न सल्लाह तथा सुझाव दिएका थिए । यस्तै युवा संघ नेपाल कोल्हबी नगर समितिका सचिव विरेन्द्र चौधरीले भेलाको उदेश्य बारेमा जानकारी गराउनुभएको थियो ।



















