कलैया, साउन ७– बारा जिल्लाको फेटा गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य केश्वर मुखिया बिनको मृत्यु भएको छ । ४३ वर्षिय वडा सदस्य मुखियाको हिजो मृत्यु भएको गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष जाकिर हुसेनले जानकारी दिनुभयो ।
बिन लामो समयदेखि सुगर र उच्च रक्तचापले पिडित हुनुहुन्थ्यो । वडा सदस्यको मृत्युपछि गाउँपालिकाले शोक व्यक्त गर्दै दःख व्यक्त गरेको छ । गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादले एक बिज्ञप्ति जारी गरी मृतकको परिवारमा हार्दिक समबेदना प्रकट गर्दै दुःखको घडीमा मृतक परिवार तथा आफन्तजनमा धैर्य धारणको कामना गरेको छ ।
त्यसैगरी गाउँपालिकाले काजकृया गर्न मृतक परिवारलाई रु ५०हजार सहयोग गर्ने निर्णय गरेको अध्यक्ष प्रसादले बताउनुभयो । बिन तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित हुुनुभएको थियो । उहाको २ छोरा र २ छोरी छन ।