मकवानपुर — मकवानपुर बुहुमुखी क्याम्पसका विद्यार्थीहरु शुल्क वृद्धिको विरोधमा तीन दिन देखी रिले अन्सनमा वसेका छन् । मकवानपुर बहुमुखी क्याम्पसको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले शुल्क वृद्धि गरेसँगै स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वमा यहाँका विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका हुन् । एकै पटक ६५ प्रतिशत सम्म मासिक शुल्क बृद्धी गरेर विद्यार्थीलाई मार परेको भन्दै मकवानपुर बुहुमुखी क्याम्पसको लेखा समितिले तत्काल शुल्क घटाउनका लागि क्याम्पस सञ्चालक समिति र क्याम्पस प्रशासनलाई लिखीत निर्देशन दिएको छ ।
शुल्क वृद्धि फिर्ताको माग गर्दै स्वविय, नेविसंघ, अनेरास्ववियु लगायतका विद्यार्थी संगठनले क्याम्पसमा आन्दोलन चर्काएका छन् । स्ववियुको नेतृत्वमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले संयुक्त रुपमा मंगलबारबाट रिले अनशन सुरु गरेका हुन् । ६५ प्रतिशत सम्म बृद्धी गरिएको शुल्क ३० प्रशितमा कायम गर्नका लागि लेखा समितिका अध्यक्ष हरि हुमागाईंले लिखीनत निर्देशन दिनुभएको हो ।
अनसन वसेको तीन दिन भइसक्दा पनि शुल्क फिर्ता लिनका लागि क्याम्पस तयार नभएको क्याम्पसका स्ववियु सभापति कुमार केसीले वताउनुभयो । हिजो क्याम्पस प्रशासन संगको बार्तामा खास ठोस निर्णय हुन नसकेको उहाँले वताउनुभयो । शुल्क वृद्धि फिर्ता नलिएसम्म अनशन जारी रहने स्ववियु सचिव आकाश अधिकारीले बताउनुभयो । क्याम्पस सञ्चालक समितिको बैठकले मासिक शुल्कमा ६५ प्रतिशत र भर्नामा सय प्रतिशत शुल्क वृद्धि गर्ने निर्णय व्यावहारीक नभएको लेखा समितिको ठहर छ । ६५ प्रतिशत बृद्धी गरेको शुल्क तत्काल घटाउनका लागि पनि समितिले निर्देशन दिएको छ ।
मासिक शुल्क ३० प्रशितमा घटाउने र भर्ना शुल्क पनि एक सय प्रतिशतबाट ३० प्रतिशतमा कायम गर्न लेखा समितिका अध्यक्ष हुमागाईले निर्देशन दिनुभएको हो । क्याम्पस सञ्चालक समितिको बैठकले मासिक शुल्कमा ६५ प्रतिशत र भर्नामा सय प्रतिशत शुल्क वृद्धि गरेको छ । प्रत्येक वर्ष शुल्कमा ५ प्रतिशत स्वतः वृद्धि हुने बैठकले निर्णय गरेसँगै विद्यार्थी आन्दोलित भएका हुन्।
‘यो निर्णयले क्याम्पसका ४ हजारभन्दा बढी विद्यार्थीलाई असर गर्नेछ । ७ वर्षदेखि शुल्क वृद्धि नगर्दा क्याम्पस घाटामा सञ्चालन भइरहेको भन्दै समितिले शुल्कवृद्धि गरेको जनाइएको छ । क्याम्पस वार्षिक रुपमा ४ करोड २० लाख घाटामा सञ्चालन भएको समितिको दाबी छ । विद्यार्थी संगठनले क्याम्पस घाटा रहेको नाममा विद्यार्थीको ढाड सेक्ने गरी गरिएको शुल्क वृद्धि निर्णय मान्य नहुने बताएका छन् ।