सिमरा,झण्डै एक महिना अगाडि जीतपुरसिमरा उपमहानगरपालिकामा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत हिरालाल चौधरीले बुधबार हाजिर गर्नुभएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चौधरीलाई पुस ११ गते जीतपुरसिमरामा सरुवा गरेको थियो ।
चौधरी सरुवा भएको २७ दिनपछि हाजिर हुनुभएको हो । सहसचिव बढुवाका लागि सिफारिस भएका चौधरीले जीतपुरसिमरामा आउन चासो नदेखाएकाले कार्यालयमा आउन ढिलाइ भएको हो । अन्ततः हाजिर भएका चौधरीलाई नगर प्रमुख राजन पौडेलले स्वागत गरेका छन् ।
पुष ३ गते बसेको मन्त्रीपरिषद् बैठकले प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईंलाई सरुवा गरेको थियो । प्रसाईंको स्थानमा चौधरीलाई पठाउने निर्णय मन्त्रालयले गरेको थियो ।



















