कलैया,बारा र पर्सा इट्टा व्यवसायी सङ्घले व्यवसायीहरुले बेहोर्दै आएको आर्थिक संकट समाधनको माग गर्दै बुधवार बाराका प्रमुख जिल्ला अधिकारीमार्फत अर्थमन्त्री प्रकाशशरण महतलाई पत्र बुझाएको छ ।सङ्घले बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा र पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालमार्फत अर्थमन्त्री महतलाई ज्ञापन पत्र बुझाएको हो ।व्यवसायीहरुले बुझाएको ज्ञापन पत्रमा हाल जारी आर्थिक सङ्कटको अवस्थालाई मनन गरी इट्टा उद्योगीलाई पाएको वित्तीय समस्यालाई सम्बोधन गर्न पहल गर्न आग्रह गरिएको छ ।संघको मधेस प्रदेशका सदस्य समेत रहेका ओमप्रकाश यादवले बारा र पर्साका इट्टा व्यवसायीले भोग्दै आएको समस्या समाधानको माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाएको बताउनुभयो ।बैङ्क तथा वित्तीय संस्थाहरूबाट ऋण लगानी, पुन कर्जा लगानी हुन नसकेकोले उद्योगी व्यवसायी एवम् आम सर्वसाधारण मर्कामा परेको र त्यसको प्रत्यक्ष असर इट्टा व्यवसायमा परेकोले तत्कालका लागि बैङ्कको ब्याजदरलाई एकल अङ्कमा राख्न उनीहरूले अनुरोध गरेका छन् ।व्यवसायीहरूले व्याजको किस्ता बुझाउने अवधि २०८२ साल असार मसान्तसम्म कायम गर्ने गरी इट्टा उद्योगीहरूको निर्विकल्पक माग कार्यान्वयन गर्ने गराउने व्यवस्था मिलाउन समेत उनीहरूले माग गरेका छन् ।सङ्घका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश यादवको नेतृत्वमा गएको टोलीले सहायक सिडिओ लम्साल मार्फत अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । सो अवसरमा उपाध्यक्ष नवलकिसोर चौरसिया, प्रदीप यादव, महासचिव रामदयाल साह कानु, कोषाध्यक्ष एवं केन्द्रीय सदस्य रामअशिष चौरसिया, प्रदेश सदस्य ओमप्रकाश यादव, सल्लाहकार सिताराम उपाध्याय, अब्दुल हकिम, खैरुला अन्सारी, सदस्य जितेन्द्र मिश्र लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here