चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित जलविरे (लामो झरना) नजिक कार दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ ।

पर्यटकीय स्थल जलविरे झरना घुमेर फर्किने क्रममा भारतीय नम्बर प्लेटको कार अनियन्त्रित भई खोलामा खस्दा चालकको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पश्चिम बङ्गालको कालिम्पोङ निवासी ४१ वर्षीय सायन्तन गायेनको दुर्घटनामा ज्यान गएको हो । डब्लुबी ०२ एपी ३४५८ नम्बरको कार दुर्घटनामा परेको थियो ।

दुर्घटनापछि प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गर्दा मृतकको साथबाट भेटिएको राहदानीका आधारमा उनको पहिचान खुलेको जनाएको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार दुर्घटनाको समयमा कारमा चालक मात्रै सवार रहेको खुलेको प्रहरीले जनाएको छ ।

कार अनियन्त्रित भएर खोलामा खस्नुको कारण भने खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Leave a Reply