दुष्यन्त चौधरी

बारा,कोल्हवी नगरपालिकास्थित श्रीअनुप दिपनी माध्यमिक विद्यालयले ग्रेड वृद्धिको फारम भर्ने क्रममा विद्यार्थीहरुसंग नियम विपरीत बढी रकम असुली गरेको अभिभावकहरुले गुनासो गरेकाछन ।

गत साउन ११ गते प्रकाशित भएको एसईईको नतिजामा ग्रेड वृद्धिको लागि परीक्षा दिन चाहने विद्यार्थीहरुबाट विद्यालयले पनिकाको निर्देशन विपरीत बढी रकम असुली गरेको पाइएको हो । परीक्षा नियन्त्रण कार्यालयले ग्रेड वृद्धिको फाराम भर्ने विद्यार्थीसंग ५ सय रुपैयाका दरले मात्र लिन निर्देशन गरेको भए पनि विद्यालयले प्रतिविद्यार्थी ६ रुपैयाका दर रकम लिने गरेपछि अभिभावकहरुले गुनासो गरेका हुन ।

ग्रेड वृद्धिको फाराम भर्ने विद्यार्थीहरूलाई विद्यालयले कृषि विकास बैंक कोल्हबी शाखाको खाता नम्बर ०५२६७०१३९०८२९०११ रकम संकलन गर्न लगाउने गरेको छ ।

विद्यालयका प्रधानाध्यापक रामप्रकाश चौधरीले फारम शुल्क बापत एक सय रुपैया बढी लिएको स्वीकार गर्नुभएको छ । विद्यार्थीहरुसंग एक सय रूपैया बढी लिएर उनीहरुको फारम विद्यालयले नै भर्ने व्यवस्था मिलाएको उहाँको भनाइ छ ।

यस विषयमा कोल्हबी नगरपालिका नगर शिक्षा संयोजक मिश्रीलाल सहनीले विद्यार्थीहरुसंग कुनै पनि बहानामा बढी रकम लिन नपाइने र त्यसरी बढी लिएको भए कारबाही हुने बताएनुभयो । उहाँले विद्यार्थीसंग बढी रकम लिने कार्य तत्काल रोक्न आफुले निर्देशन दिएको पनि सुनाउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजयकुमार साहसँग प्रतिक्रिया लिदा ग्रेड वृद्धिको लागि विद्यार्थीहरूसँग नियम विपरीत शुल्क लिएको विषयमा आफू जानकार नभएको जानकारी दिनुभयो । बढी रकम लिएको भए पनि सो रकम विद्यालयको खातामा जम्मा हुने र विद्यालयको आम्दानीमा बाँधिने साहले बताउनुभयो ।

Leave a Reply