पुष्पराज खतिवडा

मनहर्वा,जीतपुरसमरा उपमहानगरपालिका वडा नम्बर १९ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड ईनर्वासिराको १७औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।सोमवार संस्था कार्यालय परिसरमा भएको बार्षिक साधारणसभाको बारा क्षेत्र नम्बर ४ (१) बाट निर्वाचित मधेस प्रदेशसभा सदस्य देवनारायणप्रसाद चौधरीले गर्नुभएको हो ।कार्यक्रमका प्रमुख अतिथि चौधरीले मधेस प्रदेशका किसानका लागि सहुलियत कृषि कर्जाको लागि पहल गर्ने बताउनुभयो । सहकारीले ग्रामीण क्षेत्रको गरिवी न्युनीकरणमा खेलेको भुमिकाको प्रसंशा गर्दै उहाँले आर्थिक संकटमा सहकारीहरुले महत्वपूर्ण भुमिका निभाइरहेको बताउनुभयो ।यस्तै जितपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले बैंक वित्तीय संस्थाहरुले कर्जा प्रवाहमा रोक लगाउँदा उत्पन्न जटिल परिस्थितिमा सहकारीको भूमिका सहानीय देखिएको बताउनुभयो । सहकारीहरुले कृषि उत्पादनमा जोड दिनुपर्ने र उत्पादनको बजारीकरणमा स्थानीय सरकारले भूमिका खेल्ने उहाँले बताउनुभयो ।कार्यक्रममा साना किसान कृषि सहकारी संघ लिमिटेड बाराका अध्यक्ष मिश्रीलाल सहनी, सहकारी पत्रकार समाज बाराका अध्यक्ष पुष्पराज खतिवडा, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय हेटौंडाकी प्रबन्धक कृष्णकुमारी शर्मा, साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाकी अध्यक्ष नयनकला खड्का, भोडहाका अध्यक्ष विन्दा सिंह, सपहिकी अध्यक्ष अस्तुर्नी थरुनी, प्रसौना अध्यक्ष कलावती चौधरी, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १९ का अध्यक्ष दिपेन्द्रबहादुर क्षेत्री, प्रसौनी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष ईस्लाम मियाँ अन्सारी लगायतको सहभागिता रहेको थियो ।संस्थाले सभाबाट सदस्यहरुलाई गत वर्षको मुनाफाबाट १८ प्रतिशत लाभाशं वितरण गर्ने निर्णय गरेको छ ।१ हजार ४७५ जना महिला सदस्य रहेको सहकारीले गत आर्थिक वर्ष २०७९।०८० मा २३ करोड २२ लाख ६७ हजार ४७८ रुपैंयाको कारोबारबाट ९१ लाख ७७ हजार ९३३ रुपैंया मुनाफा गरेको जनाएको छ ।सहकारीले सभाको अवसरमा ६ जना जेष्ठ, अशक्त सदस्य र दुईजना छात्रछात्रालाई सहयोगसहित सम्मान गरेको छ । कार्यक्रम संस्थाकी अध्यक्ष संजिला खातुनको अध्यक्षता एवंं मुख्य प्रबन्धक झपेन्द्रराज बरालको संचालनमा सम्पन्न भएको थियो ।

Leave a Reply