आरके राजन
सिम्रौनगढ,राष्ट्रिय शक्ति नेपालको केन्द्रीय अध्यक्ष केशरबहादुर बिष्टले बुधवार प्रसिद्ध ऐतिहासिक, पर्यटकीय एव धार्मिकस्थल बाराको सिम्रौनगढको अवलोकण भ्रमण गर्नुभएको छ ।अध्यक्ष बिष्टलाई बारा क्षेत्र नम्बर १ राष्ट्रवादी समूहका अध्यक्ष शिवशंकर ठाकुरसहितका राजावादी समर्थकहरुले स्वागतसहित सिम्रौनगढका विभिन्न ऐतिहासिक स्थलहरुको अवलोकन गराउनुभएको थियो ।

अध्यक्ष बिष्टसंगै आएका विष्टका छोरा एंवम पूर्वमन्त्री विराज बिष्ट, मधुसुधन श्रेष्ठलगायतले सिम्रौनगढको सिद्धपिठ कन्कालीमाई मन्दिरमा पूजा गरेका थिए । उनीहरुले कन्काली मन्दिर परिसरमा रहेको अन्य देबी देवताको दर्शन गर्दै ऐतिहासिक एव पुरातात्विक मुर्तिहरुको अवलोकण गरेका थिए ।अध्यक्ष बिष्टसंगै स्थानीय राजावादी कार्यकर्ताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सिम्रौनगढ क्षेत्रको भ्रमणमा ल्याउन पनि आग्रह गरेका थिए । सो अवसरमा राष्ट्रिय शक्ति नेपालका कार्यकर्ताहरु शिवशंकर ठाकुर, प्रेम साह, मुनिफ अन्सारी ,जगरनाथ मिश्र, अखतर हुसेन परदेशी, सजावल महतो, रामनाथ साह कानु लगायतको राजावादीहरुको उपस्थिति रहेको थियो ।


















