सिमरा,बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर– ११ का वडा अध्यक्ष बिन्दालाल साह विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । चेक अनादर मुद्दामा वडा अध्यक्ष साहलाई पक्राउ गरेर उपस्थित गराउन जिल्ला अदालत जिल्ला प्रहरी कार्यालय बारालाई पत्र पठाएको हो ।अदालतले मंसिर १७ मा जिल्ला प्रहरी कार्यालय बारालाई पत्र लेखेर वडा अध्यक्ष साहलाई पक्राउ गरेर उपस्थित गराउन भनेको छ ।

चेक अनादर सम्बन्धी कसुरका आरोपी वडा अध्यक्ष साहलाई पक्राउ गर्न भनिएको जिल्ला अदालत बाराले जानकारी दिएको छ । वडा अध्यक्ष साहविरुद्द सोही वडाका चेतनारायण मुखिया बिनले दर्ता गराएको चेक अनादरको मुद्दामा अदालतले मंसिर १४ गते पक्राउ गर्न आदेश जारी गरेको थियो ।०७९ को स्थानीय तह निर्वाचनमा साह नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट वडा अध्यक्ष पदमा चुनिएका थिए ।

Leave a Reply