पुष्पराज खतिवडा
मनहर्वा,जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ को घुसुकपुरमा एक महिलाको बेवारिसे शव फेला परेको छ ।खेतमा फेला परेको शवको पहिचान भने खुलेको छैन । महिलाको हत्या गरी फालिएको अवस्थामा शव फेला परेको हो ।नेपाल प्रहरीको तालिम प्राप्त कुकुरको समेतको सहयोगमा घटनाको थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।मधेशी मुलकी महिलाको शव प्रादेशिक अस्पताल कलैयामा राखिएको बारा प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले बताउनुभयो ।




















