रौतहट,रौतहटको चन्द्रपुर नगरपालिकाका तत्कालीन प्रमुख रामचन्द्र चौधरीसहित चार जनाविरुद्व भ्रष्टाचार मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार उक्त नगरपालिका अन्तर्गत चाँदी खोलाको पूर्वाधार उपयोग कर सङ्कलनको लागि लगाइएको ठेक्का नं. १५–०७७–०७८ मा अनियमितता गरी राजस्व छलेको भन्ने उजुरीमा छानबिन हुँदा सिग्देलसहित लेखा अधिकृत तथा राजस्व शाखा प्रमुख किर्तिराज सुवेदी र आंशिककन्स्ट्रक्सनका सञ्चालक राम विनोद राउत बरैविरुद्व २८ लाख २५ हजार पाँच रुपियाँ रकम चुहावटको आरोप लागेको छ ।उनीहरुविरुद्व आर्थिक वर्ष २०७७–०७८ मा ठेक्का नं. १८–०७७–०७८, चाँदी नदीको राजमार्ग दक्षिण नदीजन्य पदार्थ बिक्री–राजपैडादेखि नयाँ बस्ती मोतिपुरसम्मको ठेक्कामा आंशिक कन्स्ट्रक्सन रौतहटसँग सम्झौता गर्दा तोकिएको नगद तथा बैंक जमानत पेश नगरी १५ लाख ६८ हजार रुपियाँ बराबरको कम राजस्व रकम असुल गरेको आरोप पनि लागेको आयोगले जनाएको छ ।यसैगरी, ठेक्का नम्बर १९–०७७–०७८ मा भएको सम्झौता बमोजिमको तोकिएको नगद तथा बैंक जमानत पेश नगरी नलिइ मूल्य अभिवृद्वि करसमेत दाखिला नगरी १७ लाख ६८ हजार रुपियाँ र प्रावधान विपरीत नदीजन्य पदार्थ अवैध रुपमा उत्खनन् गरी ३७ लाख ३४ हजार १९८ रुपैयाँ गरी जम्मा ५५ लाख दुई हजार १९८ रुपियाँ भ्रष्टाचार भएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।यो ठेक्कमा चन्द्रपुरका तत्कालीन नगरप्रमुख रामचन्द्र चौधरीलाई समेत ३७ लाख ३४ हजार १९८ रुपियाँ भ्रष्टाचारको आरोप लागेको छ ।उनीहरुविरुद्व भ्रष्टाचारनिवारण ऐन, २०५९ बमोजिम सजायको मागदाबीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।
Home आर्थिक समाचार रौतहटको चन्द्रपुरका तत्कालीन नगर प्रमुख चौधरीसहित चार जनाविरुद्व भ्रष्टाचार मुद्दा