निजगढ,गौरीशंकर क्याम्पस निजगढमा पूर्वविद्यार्थी समाज तदर्थ समिति गठन भएको छ । क्याम्पसले विजया दशमी, दिपावली तथा नेपाल सम्बत ११४४ को अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा विद्यार्थी पुर्नमिलन कार्यक्रममा पूर्वविद्यार्थी केदार खरेलको अध्यक्षतामा ९ सदस्यीय पूर्वविद्यार्थी समाज तदर्थ समिति गठन गरिएको हो ।
समाजको उपाध्यक्षमा किराण श्रेष्ठ, सचिव रामकृष्ण पाण्डे, सहसचिव नारायण अधिकारी, कोषाध्यक्ष शान्ति ढुङ्गाना, सदस्यहरुमा वोधनाथ चौलागाई, जुगलकिशोर लामिछाने, यम्बर खत्री र विनोद न्यौपाने रहेका छन ।क्याम्पसका पूर्वविद्यार्थी केदार खरेलको समापतित्वमा भएको सो कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष एकबहादुर श्रेष्ठ, क्याम्पसका शिक्षक सागर दहाल, किरण श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।कार्यक्रमको संचालन वोधनाथ चौलागाईले गर्नुभएको थियो । पूर्वविद्यार्थी समाजले आगामी दिनमा क्याम्पसको चौतर्फी विकासको लागि काम गर्ने संयोजक केदार खरेलले बताउनुभयो ।
















