निजगढ,सडक हेरालुको मृत्यु भएको शोकमा निजगढ नगरपालिकाले आइतवार शोक विदा गर्ने भएको छ ।
निजगढ नगरपालिका वडा नम्बर १ सिंगौल निवासी सडक हेरालु ६५ वर्षिय कृष्णप्रसाद तिमल्सिनाको मृत्यु भएको शोकमा निजगढ नगरपालिकाले आइतवार नगर कार्यपालिका कार्यालय र मताहातका सबै वडा कार्यालयहरुमा शोक बिदा दिने निर्णय गरेको हो ।नगरपालिकाका प्रमुख सुरथ पुरीले शुक्रवा शोक वक्तव्य सार्वजनिक गर्दै तिमल्सिनाको निधनमा नगर कार्यपालिकाको कार्यालय र महातहतको वडा कार्यालयहरुमा शोक विदा दिने जानकारी गराउनुभएको थियो ।
बाख्रालाई घाँस लिनभन्दै जंगल गएका तिमल्सिनाको बिहीवार दिउसो रुखबाट खसेर मृत्यु भएको थियो । छिमेकी राधाकृष्ण सापकोटाले दिएको जानकारीअनुसार करिब २० मिटर उचाईबाट खसेका तिमल्सिना बजारिएको स्थानबाट ३ मिटरजति पर घोप्टो अवस्थामा मृत फेला परेका थिए ।तिमल्सिनाले २०७३ सालदेखि नगरपालिका मातहत ज्यालादारीमा सडक हेरालुका रुपमा काम गर्दै आएका थिए ।

Leave a Reply