कलैया,बारा प्रहरीले बिलबिजक भन्दा बढी मूल्यको अटो पार्टस र हार्डवयरका सामग्री बोकेको एउटा ट्रक नियन्त्रणमा लिएर कारबाहीअघि बढाएको छ ।विशेष सूचनाको आधारमा खटेको प्रहरीले वीरगञ्जबाट पूर्वको झापातर्फ जादै गरेको ना.३.ख.७१६३ नं.को ट्रकबाट जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ को जीतपुर चोकमा चेक जाँच गर्दा ६२ लाख ६१ हजार ५३७ रुपैया मूल्य बराबरको अवैध अटो पार्टस र हार्डवयरका सामग्री बरामद गरेको हो ।बिल बिजकभन्दा बढी मूल्यको हार्डवेयर तथा अटो पार्टका सामानहरू फेला पारेपछि सामानसहित ट्रक नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Leave a Reply