अनिल तिवारी
सिमरा –  वीरगञ्ज–पथलैया सडक खण्डमा हुने सवारी साधनको चापलाई कम गर्ने उद्देश्यसहित विस्तार गर्न लागिएको वीरगञ्ज–पथलैया व्यापारिक मार्ग निर्माणको कार्य एउटा रुखका कारण रोकिएको छ । दुई बर्षभित्र सम्पन्न गर्ने गरी सरकारले २०७३ असार २९ गतेदेखि निर्माण थालेको पथलैया–वीरगन्ज ६ लेनको व्यापारिक मार्गको काम एउटा रुखका कारण रोकिएको छ ।

 

 

 

 

 

आयोजनाको म्याद पटकपटक थप गरिए पनि गत फागुनदेखि एउटा रुखका कारण निर्माण कार्य रोकिएको हो । स्थानीयवासीले २५ मिटर समयमै नछाड्दा र निर्माण कम्पनीको ढिलाइका कारण लम्बिएको राष्ट्रिय योजना विगत केहि महिनादेखि भने एउटा रुखका कारण रोकिएको हो ।

 

 

 

 

गत फागुनमा पाइपलाइन विस्तारका क्रममा ९ किलोमिटर सडकको २५ मिटरभित्रका सबै रुख काटिए पनि पथलैयादेखि १ किलोमिटर दक्षिणमा रहेको उक्त रुख टिम्बर कर्पोरेसन अफ नेपाल (टिसीएन)ले छपान गर्न छुटाएपछि अहिले रुख काट्न निकुन्जले रोक लगाएको योजनाले जनाएको छ ।

 

 

 

 

 

एउटा रुखले गर्दा देखियको नितिगत उल्झन र समस्याले सिग्गों नेपाल सरकारको बिकास नितिलाई समेत गिज्याई रहोको स्थानिए प्रकाश लम्सालको भनाई छ । पर्सा राष्ट्रिय निकुञ्जले सडकको बिचमा रहेको रुख सडक विभागले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नगरेसम्म काट्न नमिल्ने अडान लिएपछि आयोजनाको काम प्रभावित भएको वीरगञ्ज–पथलैया व्यापारिक मार्ग विस्तार योजनाका योजना प्रमुख संजय कुमार मिश्रले बताउनुभयो । उहाँले पाईपलाईन जडान कार्य भएकै समय रुख कटान भएको भए पथलैया–सिमराको निर्माण कार्य अन्तिम चरणमा पुग्ने विष्वास ब्यक्त गर्नुभयो ।

 

 

 

 

 

 

 

 

हाल यस आयोजना अन्तरगत १० ओटा पुल तर्फ लगभग ५८ प्रतिशत र सडक तर्फ करिब ६२ प्रतिशत काम सम्पन्न भैसकेको जानकारी ब्यापारीक मार्ग आयोजना कार्यालय पथलैयाले जानकारी दिनुभयो ।

Leave a Reply