काठमाण्डौं,नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैभन्दा पहिले राजनीतिक तह स्वच्छ हुन जरुरी रहेको बताउनुभएको छ ।

शनिवार काठमाडौँमा नेपाल राष्ट्रिय व्यवसायी महासंघको ७ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले देशको स्थिति अलि गम्भीर र जटिल अवस्थामा रहेको बताउनुभएको छ ।उहाँले देशमा राजनीतिक तह सबैभन्दा पहिला स्वच्छ हुनुपर्ने बताउनुभयो । उहाँले राजनीतिमा राम्रो नियत र निष्ठाका साथ काम गर्ने संस्कार नबसे सबैतिर त्यसको नकारात्मक असर पर्ने उल्लेख गर्नुभयो । उहाँले नीतिहरूको राजा भएकाले राजनीति सफा हुनुपर्ने बताउनुभएको हो ।

सुशासन, सामाजिक न्याय र आर्थिक विकासको निम्ति सहकार्य गर्न आफू तयार रहेको बताउनुभएको छ । देशमा राजनीतिक तहमा सबैभन्दा पहिला स्वच्छता कायम भएन, राजनीतिमा राम्रो नियत र निष्ठाका साथ काम गर्ने संस्कार बसेन भने सबैतिर त्यसको नकारात्मक असर पर्ने बताउनुभएको हो ।

Leave a Reply